खेलकुद

कोपा अमेरिका : उरुग्वेको विजयी सुरुवात

By खबरहब

June 24, 2024

काठमाडौं– कोपा अमेरिका फुटबलमा उरुग्वेले विजयी सुरुवात गरेको छ । आज बिहान भएको समूह ‘सी’ को खेलमा पानामालाई ३–१ गोलले हराउँदै उरुग्वेले सुखद सुरुवात गरेको हो ।

उरुग्वेका लागि म्याक्सिमिलिआनो अरौजो, डार्विन नुनेज र माटिआस भिनाले एक–एक गोल गरेका थिए । यस्तै, पानामाका माइकल मुरिलोले एक गोल फर्काएका थिए ।

उरुग्वेका आरौजोले खेलको १६औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । यस्तै, ८५औँ मिनेटमा डार्विनले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । यसैगरी, दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा माटिआसले गोल गरेपछि उरुग्वे ३–० गोलले अगाडी बढ्यो ।

त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा पानामाका माइकलले गोल गरेपछि खेल ३–१ मा सकिएको थियो ।

यो जितसँगै उरुग्वे ३ अंकसहित समूहको शीर्षस्थानमा छ । ३ अंक नै भएको अमेरिका गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । पराजित भएको पानामा अंकविहीन छ ।

यो पनि… कोपा अमेरिका : अमेरिकाको विजयी सुरुवात