आर्थिक

सूर्योदय वोमी लघुवित्तको संस्थपाक शेयर, सर्वसाधारणका लागि खुला

By खबरहब

June 24, 2024

काठमाडौं– सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर सर्वसाधारणका लागि खुला भएको छ ।

एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ६९ हजार ८०५ कित्ता संस्थापक शेयर हाल विद्यमान संस्थापकले खरिद नगरेपछि सर्वसाधारणमा विक्रीका लागि खुला गरिएको हो ।

उक्त शेयर खरिद गर्नको लागि न्यूनतम ३०८ रुपैयाँ भन्दा माथि मूल्यको शिलबन्दी बोलपत्र आवेदन दिनुपर्ने छ । कम्पनीका अनुसार असार १७ गतेसम्म आवदेन दिन सकिने छ ।

शेयर खरिद गर्नका लागि न्यूनतम ५ हजारदेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।

शेयर खरिद गर्दा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १४.००७ प्रतिशत बोनस समेत पाउने छन् ।

असार १० गते पश्चात् कम्पनीबाट घोषणा हुने हकप्रद शेयर, बोनस शेयर तथा लाभांश समेत आवेदन दिनेले पाउने कम्पनीले जनाएको छ ।

आवेदन एनआईसी एशिया बैंकको कार्यालय ट्रेड टावर नेपाल, थापाथली, काठमाडौं शाखा कार्यालयहरु, विराटनगर–३, मोरङ्ग, आदर्शनगर, वीरगंज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, बुटवल, हस्पिटल लाइन, धनगढी र विरेन्द्रनगर, सुर्खेतबाट समेत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ ।