समाचार

सहकारी पीडितहरूको आन्दोलनमा सांसददेखि मन्त्रीसम्म (तस्बिरहरू)

By खबरहब

June 24, 2024

काठमाडौं- सहकारी बचत संरक्षण राष्ट्रिय अभियान (महासंघ)को आन्दोलनमा सांसददेखि मन्त्रीसमेत पुगेका छन् ।

आइतबार काठमाडौंको माइतीघरमण्डलमा प्रदर्शनमा उत्रिएका सहकारी पीडितहरूलाई साथ दिन सांसददेखि मन्त्रीसमेत पगे ।

आन्दोलनरमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् संघीय सांसद चित्रबहादुर केसी सहभागी भए । उनले सत्ताकै आडमा सहकारी बचतकर्ताको रकम हिनामिना भएको भन्दै सांसदहरू रहेको छानबिन समितिले सत्ताको प्रभावका कारण निष्पक्ष काम गर्न नसक्ने बताएका छन् ।

केसीले राज्यशक्तिको आडमा नेपाली जनताको पसिनामा कसैले पौडी खेल्न नपाउने उल्लेख गरे । सहकारीबाट बचत रकम फिर्ताका लागि निर्णायक आन्दोलन गर्न उनले सुझाव दिए ।

यसैगरी सहकारी पीडितहरूको आन्दोलनमा बागमती प्रदेशका सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्य पनि पुगेका छन् ।

आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनले सहकारी पीडितहरूलाई न्याय दिनुपर्ने धारणा राखे ।