अन्तर्राष्ट्रिय

ताइवानले भारतीय नागरिकका लागि भिसा अन अराइभलको व्यवस्था गर्ने 

By खबरहब

June 24, 2024

काठमाडौँ– ताइवानले भारतीय नागरिकलाई भिसा अन अराइभलको व्यवस्था गर्ने तयारी गरेको छ ।

ताइवानका उपविदेशमन्त्री तिएन चुङ क्वाङले आफ्नो मुलुकले भारतीय नागरिकका लागि भिसा अन अराइभलको व्यवस्था गर्न लागेको बताएका हुन् ।

भारतीय समाचार माध्यमका अनुसार पछिल्लो समय भारतीय नागरिकहरू ठूलो सङ्ख्यामा विदेश भ्रमणमा जाने क्रम बढेसँगै यस्तो व्यवस्था गर्न लागेको ताइवानी पक्षको भनाइ छ । यसबारे ताइवानको अध्यागमन विभागसँग थप सल्लाह गरेर ताइवान सरकारले औपचारिक निर्णय लिने जनाइएको छ ।

चीनसँग तनाव कायम रहेका बेला पछिल्लो समय ताइवान र भारतबीच सहकार्य बढ्दै गएको छ ।