फाइल फोटो

समाचार

महिलाहिंसा र असुरक्षाका घटना नियन्त्रण गर्न सांसदहरूको माग

By खबरहब

June 24, 2024

काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले देशका विभिन्न स्थानमा महिला र बालिकामाथि हिंसा एवं बलात्कारका घट्ना बढेकाले नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । 

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा (एमाले) की सांसद सुमित्रा विसीले अछाममा यही असार ३ गते १६ वर्षीया किशोरीमाथि भएको बलात्कारको घट्नाको भत्सर्ना गरे । दोषी पत्ता लगाई कारबाही गर्न उनले सरकारसँग माग गरिन् ।

 सत्यतथ्य छानबिन गरी गृहमन्त्रीले यस विषयमा सदनमा जवाफ दिनुपर्नेमा उनले जोड दिइन् । सांसद विसीले बाजुरामा पनि १६ वर्षीया किशोरीलाई आत्महत्या गर्न बाध्य पारेको घट्नामा संलग्नलाई कारबाही गर्न माग गरिन् ।

नेकपा (एकीकृत समाजवादी)की सांसद राजेन्द्रलक्ष्मी गैरेले संविधानमा स्वास्थ्यको अधिकार मौलिक हकका रुपमा राखिएको उल्लेख गर्दै यसको कार्यान्वयनका लागि सरोकारवाला निकायले काम गर्नुपर्ने बताइन्। 

गाउँमा सिटामोल, एम्जिट, जीवनजल जस्ता आधारभूत औषधिको समेत अभाव भएकामा सरकारको ध्यानाकर्षण गराइन्।

छाउपडीप्रथा हटाउन र छाउगोठ भत्काउन देशभरी अभियान चलाउनुपर्नेमा उनले जोड दिए। सांसद वामदेव गौतमले भारतको अयोध्यामा रामको मन्दिर बनाउन नेपालबाट लगिएको शालग्रामको विषयमा सरकारको ध्यानाकर्षण ग।