समाचार

मानो रोपेर मुरी उब्जाउन व्यस्त किसान (तस्बिरहरु)

By खबरहब

June 24, 2024

ललितपुर– यतिबेला किसानहरू खेतमा धान रोप्न व्यस्त छन् ।  मानो रोपि मुरी फलाउने भन्दै वर्षापश्चात् धानको ब्याड राखेका किसानहरू अहिले आ–आफ्नो खेतमा रोपाइँमा व्यस्त भएका हुन् ।

देशका अधिकांश फाँटमा किसानहरूलाई यो वर्षाको समयमा बिहानदेखि नै धान रोपाइँमा भ्याई नभ्याई हुन्छ । ललितपुरको बुङ्गमती क्षेत्रमा किसानहरू धान रोप्न सुरु गरिसकेका छन् । पानी ढिला पर्नाले धान रोप्न ढिला भएको किसानहरू बताउँछन् ।

ललितपुरको बुङ्गमती, खोकना धान उत्पादन हुने क्षेत्र हो । असार–साउन अर्थात् वर्षायाम भनेको खेती बाली लगाउने मध्य सिजन भएकाले यतिबेला धान लगायत अन्नबाली लगाउने गरिन्छ ।

तस्बिरमा हेर्नुहाेस् :