प्रतिकारात्मक तस्बिर

अन्तर्राष्ट्रिय

बर्ड फ्लु रोकथामका लागि श्रीलंका प्रतिवद्ध

By खबरहब

June 24, 2024

एजेन्सी– श्रीलंकाको पशु उत्पादन तथा स्वास्थ्य विभाग (डीएपीएच) का अधिकारीले बर्डफ्लुको सङ्क्रमण देखिएका देशबाट जनावर तथा पशुजन्य उत्पादनको आयात रोक्न कदम चालेको बताएका छन्। 

विभागका महानिर्देशक हेमाली कोथलावालाले संयुक्त राज्य अमेरिकाबाट आएका गाईबस्तु पहिलो पटक एभियन इन्फ्लुएन्जा भाइरसबाट प्रभावित भएको पत्रकारलाई बताउँदै यसलाई रोक्न छिट्टै पहल गरिने उनले बताए। 

श्रीलंकाका अधिकारीहरू विदेशको घटनाक्रमबारे जानकार रहेको यहाँको कृषि उद्योग र उपभोक्ताको सुरक्षाका लागि कदम चालेकाले आइतबारदेखि प्रभावित मुलुकबाट आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको उनले बताए । 

श्रीलंकाले विगतका वर्षमा मानिसमा एच ९ एच ७ र एच ५ बर्ड फ्लुका बिरामी पत्ता लगाउने क्षमता विकास गरेको छ ।