समाचार

भारतलाई पहिलो झट्का, कोहली शुन्य रनमा आउट

By खबरहब

June 24, 2024

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गतको खेलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतलाई पहिलो झड्का लागेको छ ।

ओपनिङ गर्न आएका विराट कोहली पाँच बलको सामना गर्दै शुन्य रनमा आउट भएका छन् । उनलाई अस्ट्रेलियाका जोश हेजलवुडले ट्राभिस हेडको हातबाट क्याच आउट गराएका हुन् ।

जारी खेलमा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले ब्याटिङ गरिरहेको छ । भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो ।

सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।