काठमाडौं – नेपालमा पोलियो मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएपछि सरकारले पोलियो रोगविरुद्ध खोप अभियान सञ्चालनको घाषणा गरेको छ।
वातावरणीय निगरानीको क्रममा काठमाडौंको टुकुचा र बागमती नदीको संगम नजिकबाट संकलन गरिएको ढलको नमूना परीक्षणमा पोलियो भाइरस टाइप ‘३’ को जीवाणु पत्ता लागेको हो। भाइरस भेटिए लगत्तै संक्रमण समुदायमा फैलिन नदिन उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए।
खबरहबसँग कुरा गर्दै डा. गौतमले भने, ‘नेपालमा १३ वर्ष यता पोलियो भाइरस पुष्टि भएको थिएन। विश्व स्वास्थ्य संगठनले १० वर्ष अघिनै नेपाललाई पोलियो उन्मुलन घोषणा गरिसकेको छ। सन् २०१० देखि अहिलेसम्म पोलियोको कुनै पनि संक्रमण देखिएको छैन। नेपाल अहिले पनि पोलियोमुक्त नै छ।’
पोलियोको बारेमा विभिन्न समुदायमा निगरानी भइरहेको छ। डा. गौतमका अनुसार अहिले देखिएको भाइरस वातावरणमा देखिएको हो। ‘जसरी कोभिड-१९ का परिवर्तित भाइरस भेटिरहेका छन् त्यसरी नै पोलियोको पनि एउटा परिवर्तित स्वरुप टाइप ‘३’ को जीवाणु भेटिएको हो’, उनले भने।
उपत्यकामा भाइरस देखिएकाले फैलिन नदिन सरकारले खोप अभियान सञ्चालन गरेको भनाइ छ। उनले भने,‘टुकुचा र बागमतीको सङ्गमस्थल टेकुमा देखिएको हुनाले पोलियो भाइरस काठमाडौँ उपत्यकाबाट नै आएको हुनसक्छ। तत्काल समुदायमा संक्रमण फैलिन नदिनका लागि प्रतिकार्य स्वरुप साउन ९ गतेदेखि १२ गतेसम्म खोप अभियान सञ्चालन हुन लागेको हो।’
अभियनका क्रममा समुदायमा पोलियोसँग सम्बन्धित लक्षणहरु जस्तै पक्षघात, अति लुलोपन छ कि भनेर पत्ता लगाउनका लागि खोजीकार्य भइइरहेको उनको भनाइ छ। शून्य अवस्था अर्थात् खोप नलगाएका बच्चामा यसको धेरै जोखिम हुने भएकाले यसको पनि खोजी भइरहेको उनले बताए। तत्कालका लागि पोलियोविरुद्ध खोप दिने, खोप नलगाएका बच्चाको खोजी कार्य र वातावरणमा गरिने निगरानीको काम पनि अघि बढिरहेको उनले बताए।
‘खोपको हिसाबमा हामी नेपाली एकदमै भाग्यमानी छौं। युरोप, अमेरिका लगायतका देशमा परीक्षण भइसकेका खोप मात्रै यहाँ आउँछन् ।’
पोलियो विरुद्धको खोप र यसको प्रभावकारिता डा. गौतमका अनुसार अहिले प्रयोग गर्न लागेको खोप नेपालको लागि नयाँ होइन। यो नेपालले २०४५ सालदेखि सञ्चालनमा ल्याएको खोप हो। ‘खोपको हिसाबमा हामी नेपाली एकदमै भाग्यमानी छौं। युरोप, अमेरिका लगायतका देशमा परीक्षण भइसकेका खोप मात्रै यहाँ आउँछन्’, उनले भने, ‘राष्ट्रिय खोपबाट कहिल्यै पनि खोपको परीक्षण अहिलेसम्म भएको छैन।’
विश्व स्वास्थ्य संगठनले मान्यता दिएको र औषधी व्यवस्था विभागको परीक्षणबाट स्वीकृति पाएपछि मात्र नेपालमा खोप प्रयोग हुने गरेका छन्। अहिलेको खोप जन्मेदेखि ५ वर्षमुनिका बालबालिकामा ढुक्क भएर लगाउन उनले आग्रह गरे। पहिले पोलियोको खोप लगाइसकेको भए पनि यो अतिरिक्त मात्रा भएकाले सबै बालबालिकालाई लगाउनुपर्ने उनले बताए।
‘भोलि कुनै पनि ठाउँमा संक्रमण देखियो भने पाँच वर्ष मुनिका बालबालिकामा सबैभन्दा धेरै जोखिम हुने भएकाले उनीहरुलाई केन्द्रित गरेर खोप सञ्चालन गरिएको हो’, डा. गौतमले भने, ‘पोलियो खोप दुई प्रकार छन्। एउटा मुखबाट खुवाइने ओ.पि.भी खोप नियमित खोप सेवाको माध्यमबाट तीन पटक लिनुपर्छ। त्यस्तै सुईबाट दिइने आई.पि.भी खोप नियमित खोप सेवाको माध्यमबाट दुई पटक लिनुपर्ने हुन्छ।’
यो खोप सिकिस्त बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकालाई लगाउनु हुँदैन।
कस्ता बालबालिकाले खोप नलगाउने यो खोप सिकिस्त बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकालाई लगाउनु हुँदैन। जस्तै एच.आई भी एड्सका लक्षण देखिएका, किमोथेरापीमा रहेका क्यान्सरका बिरामी र रोग प्रतिरोधी क्षमता कम गराउने औषधी सेवन गरेकाले लिन नमिल्ने उनको भनाइ छ। खोप लगाउने समयमा उच्च ज्वरो, कडा पखाला, तारन्तार वान्ता र अस्पताल भर्ना भएका तथा सिकिस्त बिरामी बालबालिकालेसमेत तत्काल खोप लगाउन मिल्दैन।
पोलियो कस्तो रोग हो ? पोलियो एउटा भाइरसरको कारण लाग्ने संक्रामक रोग हो जसलाई फिकोरलुट भनिन्छ। यो दुषित खाना र पानीको माध्यमबाट सर्ने गर्दछ।
यसको भाइरस शरीरममा आइसकेपछि चाँडोभन्दा चाडो बालबालिकामा लुलोपन देखिन्छ। डा. गौतमका अनुसार यसले पक्षघात गराउने जोखिम बढ्छ। ‘खेल्दाखेल्दै बच्चालाई एक्कासी शरीरको कुनै अङ्गहरु नचल्ने समस्या आउँछ भने त्यसलाई पोलियो मान्न सकिन्छ’, उनले भने, ‘पक्षघात देखिएका कतिपय बालबालिकाको केही क्षणमै मृत्यु भएको पनि देखिएको छ। यो अति नै घातक रोग हो।’
लक्षण देखिएको १४ दिन भित्र २४ घण्टाको फरकमा दुई वटा स्याम्पलमा बालबालिकाको दिशाको परीक्षण गरेर यसको पहिचान गर्न सकिने डा. गौतमको भनाइ छ।
पोलियोका लक्षण यसको ठ्यक्कै चिन्निने लक्षण पक्षघात नै भएको डा. गौतमको भनाइ छ। तर त्यो भन्दा अगाडि बालबालिकालाई पोलियोको संक्रमण भइसकेपछि ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने, रुघाखोकी लाग्ने जस्ता लक्षण बारम्बार देखिने हुन्छन्।
लक्षण देखिएको १४ दिन भित्र २४ घण्टाको फरकमा दुई वटा स्याम्पलमा बालबालिकाको दिशाको परीक्षण गरेर यसको पहिचान गर्न सकिने डा. गौतमको भनाइ छ। समयसमयमा ढल र पानीमा पनि यसको परीक्षण गर्ने क्रममा उपत्यकामा भाइरस भेटिएको उनको भनाइ छ। ढलको परीक्षणमा नेपालमा १० वर्षपछि देखिएकाले खोप अभियान तत्काल घोषणा भएको उनले प्रष्ट पारे।
यो रोगको हालसम्म कुनै निश्चित उपचार छैन। यो रोगबाट सुरक्षित हुने सबैभन्दा उत्तम र प्रभावकारी उपाय नै पोलियो खोप हो।
पोलियोको उपचार र बच्ने उपाय यो रोगको हालसम्म कुनै निश्चित उपचार छैन। यो रोगबाट सुरक्षित हुने सबैभन्दा उत्तम र प्रभावकारी उपाय नै पोलियो खोप हो। यसबाट जोगिन बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पोलियोको नियमित खोप पूर्ण मात्रामा दिनुपर्ने डा. गौतमको भनाइ छ। यसका साथै पोलियो खोप अभियानमा समेत थप मात्रा खोप दिनुपर्ने उनले बताए। यसबाट बच्न व्यक्तिगत सरसफाइ, स्वच्छ पानी र सफा खानेकुरामा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन्।