ब्रेकिङ स्टोरी

विमान दुर्घटनापछि उद्धारका तस्बिर 

By खबरहब

July 24, 2024

काठमाडौं– त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेलगत्तै उद्धार टोली घटनास्थलमा खटिएको छ ।

विमानका एक जना चालक क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको खबर आए पनि अन्य यात्रुहरुको विवरण आएको छैन ।

बुधबार बिहान काठमाडौंबाट पोखरातर्फ उडेकाे विमान धावनमार्ग छोड्नासाथ जमिनमा धसिएकाे थियो ।

दुर्घटनापछि यात्रुका आफन्तहरु विमानस्थलमा भेला भएका छन् ।

उद्धारका तस्बिरहरू हेर्नुहोस् : 

 

तस्बिर : चिरायु शाक्य/संगम ढकाल