समाचार

सौर्यको विमान दुर्घटनापछि गृहमन्त्री एयरपोर्ट पुगे, प्रधानमन्त्री पनि जाँदै

By खबरहब

July 24, 2024

काठमाडौं- सौर्य एयरलाइन्सको विमान दुर्घटनापछि गृहमन्त्री रमेश लेखक त्रिभुवन विमानस्थल पुगेका छन् ।

प्राविधिक परीक्षणका लागि भन्दै काठमाडौंबाट पोखराका लागि उडेको जहाज रनवे छाड्नेबित्तिकै पेप्सीकोलातर्फको भागमा बजारिएको थियो ।

जहाजमा सवार सौर्य एयरलाइन्सका व्यवस्थापन टिमका सदस्य, इन्जिनियर, कर्मचारी र पाइलटसहित १९ जना सवार थिए । जसमा पाइलन मनिष शाक्य मात्रै बाँच्न सफल भएका छन् ।

अहिले विमान दुर्घटनाको अवस्था बुझ्न गृहमन्त्री रमेश लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि केहीबेरमा विमानस्थल पुग्ने उनको सचिवालयले जनाएको छ । नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारी पनि विमानस्थल पुग्दैछन् ।