समाचार

सौर्यको जहाज दुर्घटना- शिक्षण अस्पतालमा शव पोस्टमार्टम गरिँदै, एउटाको सक्न चार घण्टा लाग्ने

By खबरहब

July 24, 2024

काठमाडौं- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पोष्टमार्टम त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।

बुधबार बिहान त्रिभुवन विमानस्थलको उत्तर धावनमार्गनजिकै सौर्यको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

सबैजनाको शवलाई पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ । शुक्रबारसम्म पोष्टमार्टम गरि परिवारजनलाई शव बुझाउने तयारी गरिएको छ ।

केही शवहरू पहिचान हुन नसक्ने अवस्थामा रहेको शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा गोपाल कुमार चौधरीले जानकारी दिए । एउटा शव पहिचान गर्न चार घण्टा लाग्ने उनले बताए ।

अन्य अस्पतालबाट पनि चिकित्सक मगाएर पोष्टमार्टमलाई चाँडै सम्पन्न गर्ने तयारी भएको उनले बताए ।

अहिले शिक्षण अस्पतालमा मृतकका परिवारहरू पुगेका छन् । उनीहरू अस्पताल परिसरमा भावविह्व अवस्थामा छन् ।