राजनीति

शेखर–गगन पक्षले सात प्रदेशमा माग्यो ११ मन्त्रालय

By खबरहब

July 24, 2024

काठमाडौं – नेपाली कांग्रेसको शेखर कोइराला समूहले प्रदेश सरकार गठनको विषयमा पार्टी सभापति शेरबहादुर देउवाले आफूहरुसँग कुनै छलफल नगरेको भन्दै आपत्ति जनाएको छ ।

प्रदेश सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा आफ्ना माग वेवास्ता गरिएको भन्दै कोइराला पक्षले आपत्ति जनाएको हो ।

प्रदेश सरकार गठन र आफ्नो कोइराला समूहको सहभागीताबारे मंगलबार दिउँसो बिशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा शेखर कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गरेका थिए ।

छलफलमा कोशीमा– २ वाग्मतीमा–३, गण्डकीमा–२, लुम्बिनीमा– २, कर्णालीमा–१ र सुदुरपश्चिममा–१ जना मन्त्री आफ्नो समुहलाई दिनुपर्ने निष्कर्ष निकालेको थियो।

बैठक सकिए लगत्तै शेखर कोइरालाले सभापति देउवालाई फोन आफ्नो समुहको धारणा सुनाएका थिए । तर अहिले सम्म पार्टी सभापतिबाट कुनै जवाफ नआएको कोइरालाको सचिवालयले जनाएको छ । विभिन्न प्रदेशमा भईरहेको सरकार गठनबारे सञ्चारमाध्यममा आएका समाचारबाहेक शेखर कोइराला पूर्णरुपमा बेखबर भएको बताइएको छ ।