अन्तर्राष्ट्रिय

तेलको भाउ घट्दा भारतलाई फाइदा

By खबरहब

August 24, 2024

काठमाडौं– विश्व बजारमा तेलको मूल्य घट्दा त्यसको फाइदा भारतले उठाउने देखिएको छ । भारत विश्वको तेस्रो ठूलो तेल आयातकर्ता मुलुक हो ।

पछिल्लो समय तेलको मूल्यमा गिरावट आएको छ । पछिल्लो तथ्यांकअनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेर ७४डलर ५१ सेन्ट प्रतिब्यारेल पुगेको छ ।

चीन र अमेरिकी अर्थतन्त्रमा गिरावटको भयसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको माग घट्ने अनुमान गरिएको छ । यससँगै मूल्य घटेको विश्लेषण गरिएको छ ।

यसको लाभ भारतलाई मिल्ने भारतीय समाचार संस्था आईएएनएसले विश्लेषण गरेको छ । भारतले आफ्नो घरेलु खपतको ८५ प्रतिशत तेल आयात गर्दै आएको छ ।

सस्तो मूल्यमा तेल आयात गर्दा एकातिर भुक्तानी सन्तुलन थपबलियो बन्ने र अर्कोतिर घरेलु बजारमा तेलको मूल्य घट्दा मुद्रास्फीति पनि नियन्त्रणमा आउने अपेक्षा गरिएको छ ।