समाचार

भ्रष्टाचार मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रदर्शन

By खबरहब

August 24, 2024

काठमाडौँ– विभिन्न विषयमा सरकारको प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने भन्दै युवाहरूको एक समूहले काठमाडौंको बालुवाटार नजिक प्रदर्शन गरेका छन् । 

अब बोल्छ नेपाल लेखिएको ब्यानरसहित विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले भ्रष्टाचारीलाई जोगाउने नियतले ५ वर्षे हदम्याद ल्याउन लागिएको भन्दै यसको खारेजीको माग गरेका छन् ।

त्यस्तै बिभिन्न प्रकरणलाई अघि बढाई यथाशीघ्र निष्पक्ष अनुसन्धान गर्नुपर्ने, सबै नेताहरूको सम्पत्ती छानविनका लागि स्वतन्त्र नागरिक आयोग गठन गर्नुपर्ने लगायतका उनीहरूको माग छ । उनीहरूले विद्युत् प्राधिकरणले विभिन्न उद्योगबाट उठाउनुपर्ने बक्यौता असुल गर्न पनि माग गरेका छन् ।