समाचार

‘जनताले रूचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउने नीति लिनुहुन्न’

By खबरहब

August 24, 2024

ललितपुर– उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले रूचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउने नीति लिन नहुने बताएका छन्  ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा चलिरहेको नेतृत्व बहिर्गमनको बहसबारे आज ललितपुरमा सञ्चारकर्मीको  प्रश्नमा सिंहले यस्तो बताएका हुन् । 

अहिले जुन एक्जिट पोलिसीमा १,२,३,४ को कुरा छ । कांग्रेस लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक पार्टीमा नेतृत्व मतदातले चाहेसम्म हुने हो, उनले भने,  जनताले रूचाएसम्म पोलिटिकल एक्टिभिस्टहरूले आफ्नो काम त गर्छन् नी । त्यसमा छेकबार लगाउने कुरा मिलेन कि भन्ने कुरा हो ।

कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र सबै विषयमा बहस हुनु स्वभाविक भन्दै उनले अहिले नेतृत्व बहिर्गमनको नितिबारेका बहस भने असान्दर्भिक रहेको सिंहको भनाई थियो । 

उनले केन्द्रीय समिति बैठकमा पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आम निर्वाचन लड्न पाउनुपर्ने मत राखेका छन् ।

त्यस्तै फरक सन्दर्भमा उहाँले सरकार गठन हुँदा भएको ७ बुँदे सहमतिकै स्पिरिटअनुसार सरकारले काम गरिरहेको पनि सिंहले बताए।