तस्बिर : एपीएफ

समाचार

सुनकोसीमा बेपत्ता हाइलक्स गाडी बत्ती बालेर खोजी गर्दै गोताखोर

By खबरहब

August 24, 2024

काठमाडौं – सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ बेलटारस्थित कुडेलेबाट सुनकोसी नदीमा खसेर बेपत्ता भएको हाइलक्स गाडीको खोजी कार्य जारी छ । खाेजीकाे लागि सशस्त्र प्रहरीकाे गोताखोर परिचालन गरिएकाे छ ।

पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको हाइलक्स गाडी सुनकोसी नदीमा खस्दा गाडीसहित तीन जना बेपत्ता भएका छन् । गाडीमा सवार चार जनामध्ये एकले हाम फालेर ज्यान बचाएका छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेकाअनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक भक्तपुरको सुर्यविनायक नगरपालिका बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् । जीप अबिन बाकेले चलाएका थिए ।

अर्का सोही ठाउँ बस्ने घाईते २७ वर्षीय सुशान्त कक्षपतीको स्थानीय शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । खोजी कार्यका लागि घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोली खटिएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए ।

याे पनि

काठमाडौं आउँदै गरेको हाइलक्स गाडी सुनकोसीमा खस्यो, तीनजना बेपत्ता