अन्तर्राष्ट्रिय

मालीमा राष्ट्रिय विपत्तिको घोषणा

By खबरहब

August 24, 2024

माली – मालीको सङ्क्रमणकालीन सरकारले भारी वर्षाका कारण आएको बाढीपछि ‘राष्ट्रिय विपत्तिको अवस्था’ घोषणा गरेको जनाएको छ ।

मालीमा गत जुन महिनामा वर्षायाम सुरु भएयता देशभरका करिब सात हजार ७७ घरधुरी बाढीबाट प्रभावित भएका छन् भने ४७ हजार ३७४ जना विस्थापित भएका छन् ।

शुक्रबार मन्त्रिपरिषद्को असाधारण बैठकको अन्त्यमा जारी गरिएको निर्णयअनुसार सङ्क्रमणकालीन राष्ट्रपति असिमी गोइटाले यस ‘प्राकृतिक विपत्ति’सँग जुध्न सरकारलाई करिब ६८ लाख अमेरिकी डलर बराबरको राहत सहयोग उपलब्ध गराउने निर्णय गरेका छन् ।

सुरक्षा तथा नागरिक सुरक्षा मन्त्री दाउद अली मोहम्मदिनले सञ्चारमाध्यमसँग भन्नुभयो , “राष्ट्रिय विपत्तिको अवस्था ‘एउटा धेरै महत्त्वपूर्ण निर्णय’ हो । यसले “विभिन्न विपत्तिहरूको सामना गर्ने सबै मानिसहरूको सहायता र सुरक्षाको सन्दर्भमा राज्यको सबै स्रोतहरू परिचालन गर्न अनुमति दिन्छ ।”