परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गर्दै राष्ट्रसंघको सहयोग विभागका उपमहासचिव अतुल खरे। तस्बिरः रासस

समाचार

परराष्ट्रमन्त्री डा. राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता

By खबरहब

September 24, 2024

अमेरिका – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन अमेरिका आइपुगेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन्।

भेटवार्तामा राष्ट्रसङ्घको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ।

उक्त विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसङ्घीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ।

नियोगका अनुसार उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहयोगलाई निरन्तरता दिने र शान्ति सुरक्षाका क्षेत्रमा पु-याइएको योगदानका विषयमा केन्द्रित रहेको थियो।