आर्थिक

प्रि ओपन सेसन : नेप्से झिनो अंकले घट्यो

By खबरहब

September 24, 2024

काठमाडौं– मङ्गलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.१८ अंकले घटेको छ ।

सोमबार ५९ अंकले घटेर २५२९ को विन्दुमा रहेको नेप्से परिसूचक मङ्गलबार प्रि ओपन सेसनमा समेत घटेको छ ।

सेसन अवधिमा ८ लाख ३७ हजार ३०१ रुपैयाँ बराबरको १ हजार २८९ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनमा १३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

सेसनमा ३० वटा कम्पनीको शेयर कारोबार हुँदा ४९ पटक शेयर किनबेच भएको छ ।