आर्थिक

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

By खबरहब

September 24, 2024

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य पाँचसय रुपैयाँले प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड  बनाउँदै आएको छ ।

यता, आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।