आर्थिक

नेप्से २४ सय अंकबाट पनि तल झर्‍यो

By खबरहब

September 24, 2024

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४ सय अंक तल झरेको छ । नेप्सेमा मंगलबार भएको शेयर कारोबारमा प्री-ओपन सेसनदेखि ओरालो लागेको नेप्से दिउँसो १ बजेर ४० मिनेट जाँदासम्म २४८७.२४ अंकमा आइपुगेको हो 

केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेश-एमाले लगायतका दलहरूको गठबन्धन बन्ने चर्चासँगै उकालो लागेको नेप्से केही सातायता निरन्तर ओरालो लाग्दा मंगलबार २४ सय अंक भन्दापनि तल आइपुगेको हो ।

शेयर बजारका विश्लेषकहरूले दशैंभन्दा अगाडि शेयर कारोबारको लागि धेरै दिन नभएको र आवश्यक खर्चको लागि केही लगानीकर्ताले शेयर बेच्ने चाप पर्दा नेप्से थप ओरालो लाग्न सक्ने अनुमान गरेका छन् ।