मनोरञ्जन

गजल गीत ‘नजरका इशारा’ : होटलमा आएकी ग्राहकसँग प्रेम

By खबरहब

September 24, 2024

काठमाडौं- गजल गीत ‘नजरका इशारा’ भिडियोसहित सार्वजनिक भएको छ । किरण रिजालको शब्द, शशि विक्रमको संगीत रहेको यो गीतमा गायक कमल विष्टले स्वर दिएका छन् । विष्ट ‘भ्वाइस अफ नेपाल सिजन-२’ का प्रतिस्पर्धी पनि हुन् ।

गीतको भिडियोमा राज पौडेल रहेना नगरकोटीको अभिनय छ । भिडियो राज होटलमा काम गर्ने राज र हेना ग्राहकको भूमिकामा छन् ।

युवकको एकतर्फी प्रेम र त्यसबाट उत्पन्न परिस्थित भिडियोमा देख्न सकिन्छ ।

मोडल राजले एक दशक भन्दा बढी समयदेखि टेलिभिजन विज्ञापन, म्युजिक भिडियो र वेब सिरिजहरूमा अभिनय गर्दै आएका छन् ।  हेनाले विभिन्न वेब सिरिज, म्युजिक भिडियो र फिल्ममासमेत अभियन गरेकी छन् ।

यस भिडियोको निर्देशक नारायण मगरले गरेका हुन् । उनले एक सयभन्दा बढी म्युजिक भिडियोहरूको निर्देशन र सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियो :