ब्रेकिङ स्टोरी

असोजयता उपत्यकामा फैलिँदो डेंगु, बिरामीले भरिँदै शुक्रराज अस्पताल

By खबरहब

September 24, 2024

काठमाडौं- दशैँतिहार जस्ता ठूला चाडवाड नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा मानिसहरू बिरामी पर्ने क्रम पनि बढ्दै गएको छ ।

चिसो मौसम सुरु भइनसकेको र मनसुन पनि बाँकी रहेको अवस्थामा काठमाडौंमा असोज लागेयता डेंगुका बिरामीको संख्या बढ्दै गएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा डेंगुका बिरामीको संख्या बढ्दै गएको छ।

अस्पतालका आकस्मिक कक्षका इन्चार्ज भालेश्वर यादवका अनुसार १० दिनयता डेंगु संक्रमितको संख्यामा उल्लेख वृद्धि भएको छ ।

‘असोज १ गते ११ जना, २ गते ३ जना, ३ गते जना २३, ४ गते २८ जना, ५ गते १९ जना र ६ गते १७ जना आकस्मिक कक्षमा भर्ना भएका छन्’, उनले भने, ‘यसअघि साउनमा ११ र भदौ महिनाभर ५३ जना मात्रै डेंगुका संक्रमित भर्ना भएका थिए ।’

नेपालमा अघिल्लो पुसदेखि सुरु भएको डेंगु संक्रमणका कारण ११ हजार ५४५ जना संक्रमित भइसकेका छन् । अहिलेसम्म उपत्यकामा डेंगुबाट जनाको मृत्यु भइसकेको तथ्यांक सरकारसँग छ ।