प्रवास

जनप्रगतिशील मञ्च अष्ट्रेलियाको सहयोगमा छात्रवृत्ति वितरण

By खबरहब

September 24, 2024

झापा- नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च अस्ट्रेलियाले विपन्न परिवारका छात्रछात्रालाई आर्थिक सहयोग गरेको छ ।

मञ्चले झापाको कमल गाउँपालिकामा तीनजना गरिब तथा जेहेन्दार विद्यार्थीका लागि जनही २० हजारका दरले छात्रवृत्ति उपलब्ध गराएको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले उक्त छात्रवृत्ति वितरण गरेका हुन् ।

छात्रवृत्ति प्राप्त गर्नेमा कमल गाउँपालिका–५ सिमलेकी बबिता राई, कमल–१ बाँसबारीकी अनु धिमाल, कमल–१ बाँसबारी शुक्रबारेकी दीपा विक छन् ।

राई इलाम चुलाचुलाचुलीस्थित किरात चोलुङ आधारभूत विद्यालयको कक्षा ३, धिमाल बाँसबारी माध्यामिक विद्यालयको कक्षा १ र विक बाँसबारी माध्यामिक विद्यायको कक्षा ८ की छात्रा हुन् ।

विपन्न परिवारका राई र धिमाल दुवैका बाबुको मृत्यु भएको र दुवैका आमामा अपांगता भएका कारण पढाई खर्च जुटाउन धौधौ परेकाले सहयोग गरिएको तामाङले बताए ।

कक्षा ८ की प्रथम छात्रा विक जेहेन्दार विद्यार्थी हुन् । उनका बुबा वैदेशिक रोजगारीमा छन् ।