ह्याट्रिक गरेका राफिन्हा। तस्बिरः बिबिसी

खेलकुद

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

By खबरहब

October 24, 2024

काठमाडौं – राफिन्हाको ह्याट्रिकमा युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा बार्सिलोनाले वायरन म्युनिखलाई ४-१ ले हराएको छ।

विपक्षी गोलरक्षक मानुएल नुयुरलाई छकाउँदै राफिन्हाले खेलको पहिलो मिनेटमा नै गोल गरेका थिए। फर्मिन लोपेजको पासमा रोबर्ट लेडवास्कीले ३६ औँ मिनेटमा गोल गरे। डिबक्सको उनको घुमाउरो प्रहार गर्दै गोल गरेपछि राफिन्हाले पहिलो हाफका बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए।

दोस्रो हाफको सुरुवातमा गोल गर्दै उनले ह्याट्रिक पुरा गरे। वायरनका लागि हेरी केनले १८ औं मिनेटमा गोल थपे। यस सिजनमा छाएका राफिन्होको खेलमा गरेको दोस्रो गोल साँच्चै उत्कृष्ट थियो।