जितपछिको खुशी । तस्बिरः युरो स्पोर्टस

खेलकुद

लिलीसँग एट्लेटिको म्याड्रिड ३-१ ले पराजित

By खबरहब

October 24, 2024

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको बुधवार राति भएको खेलमा फ्रान्सेली क्लब लिलीले एट्लेटिको म्याड्रिडलाई ३-१ ले हराएको छ।

लिलीका लागि वैकल्पिक खेलाडी जोनाथन डेभिडले दुई गोल गरे। ७१ औँ मिनेटमा पाएको विवादास्पद पेनाल्टीलाई गोलमा परिणत गर्दै डेभिडले भ्रमणकारी टोली लिलीलाई अग्रता दिलाएका थिए।

क्यानडाका फरवार्ड डेभिडले खेल सकिन १ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीमा गोल गर्दै जित दिलाए।

यसअघि आठौँ मिनेटमा जुलियन अल्भारेजको गोलमा म्याड्रिडले अग्रता लिएको थियो। एडोन जेग्रोभाले गोल गर्दै लिलीलाई खेलमा फर्काएका थिए। यस अघिको खेलमा रियल म्याड्रिडलाई हराएको लिलीको तीन खेलबाट ६ अङ्क जोडेको छ।

च्याम्पियन्स लिगकै अर्को खेलमा एटलान्टा र सेल्टिकबिच गोलरहित बराबरी भएको छ। फियुनार्डले बेनिफकालाई ३-१ ले हराएको छ।

ब्रेस्ट र लिभरकुसेनबिचको खेल १-१ गोलको बराबरीमा सकियो। डाइनामो जाग्रेबले रेडबुल साल्ज ब्रगलाई २-० ले हरायो। इन्टर मिलान यङ ब्वाइजसँगको खेलमा १-० ले विजयी भएको छ।