आर्थिक

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

By खबरहब

October 24, 2024

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्चेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । बिहीबारको सेसनमा नेप्से ०.९० अंकले बढेर २६४६.२९ विन्दुमा पुग्यो ।

सेसन अवधिमा ५७ लाख २२ हजार ३८९ रुपैयाँ बराबरको ८ हजार ३५२ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनमा २४ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । दुईवटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।