समाचार

म्याद थपका लागि रवि र छविलाई अदालत लगियो

By खबरहब

October 24, 2024

काठमाडौं– सहकारीको रकम हिनामिना र सङ्गठित अपराधको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । 

लामिछानेको म्याद थपसम्बन्धी निवेदन न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा परेको छ ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका लामिछानेमाथि अनुसन्धानका लागि दिइएको म्याद सकिएपछि आज म्याद थपका लागि अदालतमा लगिएको हो ।

यस्तै, गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआईजी  छविलाल जोशीलाई पनि अदालत लगिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराधको मुद्दा लगाइएको छ ।