फाइल फोटो

आर्थिक

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

October 24, 2024

काठमाडौं– पछिल्ला केही दिन लगातार बढेको सुनको मूल्य आज भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ६६ हजार पुगेको छ ।

यसअघि बुधबार सुन तोलाको एक लाख ६६ हजार ७ सयमा कारोबार भएर अहिलेसम्मकै उच्च मूल्य कायम भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।