समाचार

एमालेलाई दिएको जग्गाविरुद्ध रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा 

By खबरहब

October 24, 2024

काठमाडौं– व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दानमा दिएको जग्गाविरुद्ध परेको रिटको पेशी न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

यसअघि उक्त रिट सर्वोच्च अदालत प्रशासनले दरपिठ गरिदिएकोमा मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको दरपिठ गर्ने निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएपछि रिट दर्ता भएको थियो।

भाटभटेनीका सञ्चालक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले दिएको काठमाडौंको कीर्तिपुर नगरपालिका– २ मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गामा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका थिए ।