राजनीति

पोखरामा रास्वपाको प्रदर्शन, नाबालक बोकेका आमाहरू पनि सहभागी

By खबरहब

October 24, 2024

पोखरा- सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार पनि पोखरामा प्रदर्शन गरिरहेको छ । रास्वपा नेता कार्यकर्ताले पोखराको वाई चोकमा धर्ना दिएका हुन् ।

सहकारी प्रकरणमा सभापति लामिछानेलाई यही कात्तिक ३ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएदेखि रास्वपाले दैनिक विरोध प्रदर्शन गरिरहेको छ।

यसैबीच पहिलोपटक लिइएको हिरासत म्याद सकिएपछि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई जिल्ला अदालत कास्की उपस्थित गराइएको छ।

प्रहरीले उनीविरुद्ध म्याद थपका लागि अदालतसँग अनुमति लिन लागेको हो।

उनीसँगै गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीलाई पनि अदालत लगिएको छ। जोशीलाई गत असोज ६ गते पक्राउ गरिएको थियो।