राजनीति

रास्वपाको आन्दोलन अब पोखराबाट काठमाडौंमा

By खबरहब

October 24, 2024

काठमाडौं– सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा थालेको आन्दोलन अब काठमाडौंकेन्द्रित गर्ने भएको छ ।

पोखरामा सहकारी पीडितहरू प्रदर्शनमा उत्रिनुका साथै स्थानीयको समर्थन नमिलेपछि रास्वपाले आन्दोलनलाई काठमाडौंमा केन्द्रित गर्ने भएको हो ।

पार्टीका सह-कोषाध्यक्ष दीपक बोहराले बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समार्फत् रास्वपाको आन्दोलन काठमाडौंकेन्द्रित हुने जानकारी दिएका छन् ।

उनले आन्दोलन अन्तर्गत शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिने बताएका छन् ।

‘दुईतिहाइ सरकारको दम्भ र राजनीतिक प्रतिशोधविरुद्धको शान्त, सौम्य ऐक्यबद्धताका लागि भोलि (शुक्रबार) दिउँसो १ बजे माइतीघर मण्डल, काठमाडौं,’ बोहराले आन्दोलनका लागि आह्वानसहित एक्समा लेखेका छन् ।