ब्रेकिङ स्टोरी

हिरासतमा रविको बास लम्बिएपछि रास्वपा कार्यकर्ता आक्रोशित, निषेधित क्षेत्र तोड्न खोजे

By खबरहब

October 24, 2024

काठमाडौं- सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएपछि कार्यकर्ता आक्रोशित भएका छन् ।

बिहीबार कास्की जिल्ला अदालतले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै कार्यकर्ताको आक्रोश बढेको हो ।

अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई पनि थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएसँगै पोखरामा जम्भा भएका रास्वपा नेता तथा कार्यकर्ता आक्रोशित भएका छन् ।

अदालतको आदेश सुनेपछि उनीहरूले निषेधित क्षेत्रसमेत तोड्न खोजेका थिए । लामिछानेलाई अदालत पेश गर्दा रास्वपा समर्थकले धर्नासहितको प्रदर्शन गरेका थिए ।

पोखरामा सहकारी पीडितहरूको पनि प्रदर्शन जारी छ । उनीहरूले थालमा ढुंगा राखेर रास्वपा र रवि लामिछानेविरुद्ध प्रदर्शन गरे ।