आर्थिक

१८ अंकले घट्यो नेप्से, कारोबार कति ?

By खबरहब

October 24, 2024

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८ अंकले घटेको छ । नेप्से ०.६८ प्रतिशतले घटेर २६२७.१४ विन्दुमा पुगेको छ । आज ५ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर किनबेच भएको छ । 

दिनभरमा ६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभरमा ३१७ वटा कम्पनीको शेयर ६१ हजार ७८५ वटा किनबेच भएको छ । 

ज हाइड्रोपावर समूहमध्ये सबै समूह राताम्य भएको छ । हाइड्रो पावर समूह ०.३६ प्रतिशतले बढेर ३ हजार २१२.९२ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी ट्रेडिङ समूह १.९३ प्रतिशतले घटेर ३ हजार ५४५.६५ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.३० प्रतिशतले घटेर २१.१२ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बेंक १.०२ प्रतिशतले, विकास बैंक ०.७९ प्रतिशतले, होटल एण्ड टुरिजम ०.९७ प्रतिशत, लगानी ०.९२ प्रतिशतले, जीवन बीमा ०.५२ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.२६ प्रतिशतले, लघुवित्त ०.८१ प्रतिशतले, निर्जीवन बीमा ०.६० प्रतिशतले र अन्य समूह ०.६५ प्रतिशतले घटेको छ ।