खेलकुद

माल्दिभ्सविरुद्ध गोल वर्षा गर्दै सेमिफाइनलमा भुटान

By खबरहब

October 24, 2024

काठमाडौं– भुटानले काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलमा माल्दिभ्सविरुद्ध गोलको वर्षा गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानले माल्दिभ्सलाई १३-० गोल अन्तरले पराजित गरेको हो । भुटानका लागि डेकी लाजोमले डबल ह्याट्रिक गरेकी थिइन् । 

जितसँगै भुटान समुह बी को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भुटानको ३ खेलमा ७ अंक भएको छ र सेमिफाइनलको स्थान पक्का गरेको छ ।

आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र श्रीलंका भिड्दैछन् । सो खेल साँझ साढे ५ बजेदेखि सुरु हुँदै छ । 

अब नेपाल सेमिफाइनलमा पुग्न कम्तिमा बराबरी खेले पुग्छ भने समूह विजेता बन्नका लागि श्रीलंकामाथि ६ गोलको फराकिलो अन्तरले जित हासिल गर्नुपर्ने भएको छ ।