समाचार

कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त

By खबरहब

October 24, 2024

काठमाडौं–  कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त भएका छन् ।

बिहीबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रमेशचन्द्र पौडेललाई आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

पौडेललाई नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।