खेलकुद

श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडि

By खबरहब

October 24, 2024

काठमाडौं – नेपालले जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेलको पहिलो हाफमा अग्रता लिएको छ ।

अहिले काठमाडौँस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले ४-० को अग्रता लिएको हो । नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी र सविता राना मगरले एक एक गोल गरेका थिए ।

यस प्रतियोगिताको समुह बी मा रहेको नेपाल समुह विजेता हुन ६ गोल अन्तरले जित हासिल गर्नुपर्ने छ भने सेमिफाइनलमा पुग्न कम्तिमा बराबरी खेले पुग्ने अवस्था रहेको छ ।