खेलकुद

नेपाल समूह विजेता बन्दै साफको सेमिफाइनलमा, भारतसँग भिड्ने

By खबरहब

October 24, 2024

काठमाडौं- नेपाली महिला टोली समूह विजेता हुँदै काठमाडौंमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो ।

नेपालका लागि रेखा पौडेलले २ गोल गरिन्। सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी राना मगरले एक एक गोल गरे ।

यो जितपछि नेपालको समूह बी मा ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै ४ खेलमा ७ अंक नै भएको भुटान गोलअन्तरको आधारमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

त्यसैगरी समूह बी बाट श्रीलंका र माल्दिभ्स बाहिरिएका छन् ।

अब नेपालले सेमिफाइनलमा समूह ए को उपविजेता भारतसँग खेल्ने छ । भुटानले समूह ए को विजेता बंगलादेशसँग खेल्ने भएको छ । सेमिफाइनलका खेल २७ अक्टोबरमा हुने छन् ।