काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् ।
यससम्बन्धी सम्झौतामा बैङ्कका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन् ।
बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई) समेत प्रदान गर्ने सम्झौता भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्झौताअनुसार बैङ्कका ग्राहकहरुले समाज डेन्टलमा बैंकको डेबिट/ क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लस मार्फत भुक्तानी गर्दा ओपीडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क र अस्पतालको आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । यसका साथै, बैङ्कका ग्राहकले एक्स-रे बाहेकका सम्पूर्ण सेवा शुल्कमा एकमुष्ट १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
बैङ्कका अनुसार किस्ताबन्दी सेवाअन्तर्गत क्रेडिट कार्डवाहकले अस्पतालमा उपचार बापत खर्च १५ हजारदेखि अधिकतम पाँच लाखसम्मको बिलमा ६ देखि १२ महिनासम्मको सरल किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् ।
यस्ता विभिन्न किसिमका सुविधाहरूको उपभोग गर्न इच्छुकले बैंकको जुनसुकै शाखाबाट आवेदन दिई बैंकको क्रेडिट कार्ड लिन सक्नेछन् ।