काठमाडौं – टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ । टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी अटोकम्प प्रालिले सो मिट सम्पन्न गरेको हो ।
गत शुक्रबार काठमाडौंको होटल क्राउन इम्पेरियलमा सम्पन्न सो च्यानल पार्टनर मिटमा देशभरका १५० डिलरको सहभागिता रहेको थियो ।
लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वेनर्जीले संयुक्त रूपमा सो कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो अवसरमा उत्सव वेनर्जीले एक्सर्पोट म्यानेजर अनिस सिंहले टाटा ग्रिनको इतिहासका साथै भावी कार्य योजनाका बारेमा प्रकाश बताएका थिए ।
लक्ष्मी अटोकम्पका सेल्स हेड उमेश घिमिरेले नेपाली बजारमा रहेको टाटा ग्रिन ब्याट्रीको डिलर नेटवर्क तथा बिक्री योजना बारेमा जानकारी दिएका थिए ।
सो अवसरमा डिलर सञ्चालकहरूले टाटा ग्रिनप्रतिको धारणा र अनुभव आदानप्रदान गरे ।
कार्यक्रमको अवसरमा टाटा ग्रिन होम यूपीएस र इन्डन्ष्ट्रियल ब्याट्री समेत लन्च गरिएको थियो ।
नेपाली बजारमा अब ८५० भीए, १००० भीए र १४५० भीएका टाटा ग्रिन स्विच अन होम यूपीएस उपलब्ध भएका छन् भने ७.२, ९ र १२ एएचका इन्डन्ष्ट्रियल ब्याट्री समेत उपलब्ध भएका छन् ।
जापनिज ब्याट्री निर्माता कम्पनी र्जीएस युआसासँगको संयुक्त लगानीमा सन् २००५ को अक्टोबरमा टाटा ग्रिन ब्याट्रीको स्थापना भएको थियो ।
हाल कम्पनीले २.५ देखि २२० एएच रेन्जका ब्याट्री उत्पादन गरिरहेको छ ।
कम्पनीले वार्षिक रूपमा १४ लाख फोर ह्विवलर २४ लाख टु ह्विवलर सवारीका लागि आवश्यक ब्याट्री उत्पादन गर्दै आएको छ ।