काठमाडौँ– काराबाओ (ईएफएल) कप फुटबलमा फुल्हमलाई पछि पार्दै लिभरपुल फाइनलमा प्रवेश गरेको छ ।
आज बिहान सम्पन्न खेलमा फुल्हमसँग १–१ गोलको बराबरी खेल्दै लिभरपुल समग्रमा ३–२ को नतिजा निकाल्दै फाइनलमा पुगेको हो ।
लिभरपुलका लागि लुइस डियाजले खेलको ११औँ मिनेटमा गोल गरेका थिए भने फुल्हमका इस्सा डिओपले ७६औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए ।
यसअघि भएको पहिलो लेग लिभरपुलले २–१ ले जितेको थियो । अब फाइनलमा लिभरपुलले चेल्सीको सामना गर्ने छ । फाइनल खेल फेब्रुअरी २५ मा हुने छ ।