फोटो फिचर

कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको रौनक (तस्वीरहरु)

By खबरहब

January 25, 2024

काठमाडौँ– राष्ट्रियसभा सदस्यमा रिक्त हुने १९ सिटका लागि आज देशका सातवटै प्रदेशमा मतदान भइरहेको छ । निर्वाचनमा विभिन्न दलका ५१ उम्मेदवारी चुनावी मैदानमा रहेका छन् ।

आजको मतदानमा कोशी प्रदेशलाई विशेष चासोका साथ हेरिएको छ । जहाँ नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री कृष्णप्रसाद सिटौला चुनावी प्रतिस्पर्धामा छन् ।

कोशी प्रदेशमा सत्ता गठबन्धनबाट सिटौला साझा उम्मेदवारका रुपमा रहेका छन् भने एमाले र राप्रपा गठबन्धनले राप्रपाका उद्धव पौडेललाई अघि सारेको छ । सिटौलालाई भावी राष्ट्रियसभा अध्यक्षको रुपमा चर्चा गरिँदै आएको छ ।

तस्वीरहरु : ध्रुव भट्टराई