फोटो फिचर

शालीनदीमा माधवनारायण मेलाको रौनक (फोटो फिचर)

By खबरहब

January 25, 2024

काठमाडौं – हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने हिन्दु धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा एक महिनासम्म चल्ने श्रीस्वस्थानी व्रतकथामा हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । 

आजैबाट काठमाडौंको शालीनदीमा श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको मेला सुरु भएको छ । शालीनदीमा हरेक वर्ष माधवनारायणको मेलाका लागि लाखौं भक्तजन आउने गर्दछन् ।

यो पनि

आजदेखि स्वस्थानी व्रतकथा स् व्रत बस्नाले के फल मिल्छ ?