ब्रेकिङ स्टोरी

सिटौलाले प्रदेशसभाबाट २ भोट गुमाए, गणना जारी

By खबरहब

January 25, 2024

काठमाडौं – कोशी प्रदेशसभा सदस्यको मत गणना हुँदा गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौलाले २ भोट गुमाएका छन् ।

९३ सांसद मध्ये राप्रपाका उद्धव पौडेललाई ४७ मत पर्दा सिटौला ४५ खुम्चिएका छन् । १ भोट भने सूर्य चिन्हमा खसेका कारण बदर भएको छ ।

प्रदेशसभामा क्रस भोटिङ भएपछि सिटौला मतगणनास्थलबाट बाहिरिएका छन् । कोशीमा ४०  प्रदेशसभा सदस्य रहेको एमालेले ६ सिट रहेको राप्रपाका उम्मेदवार उद्धव पौडेललाई सघाएको छ । 

पौडेलले गठबन्धनको १ भोट थप पाएर ४७ पुर्‍याएका हुन् । सिटौला प्रदेशसभातर्फको गणनामा अल्पमतमा परेका छन् । 

स्थानीय तहको भने गणना जारी छ ।