फाइल फोटो

ब्रेकिङ स्टोरी

माओवादी स्थायी समिति बैठक बस्दै

By खबरहब

February 25, 2024

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण गत शुक्रबार स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।

आजको बैठकमा पदाधिकारीसहित नेताहरूको जिम्मेवारी हेरफेर गर्ने कार्यसूची रहेको छ । यस्तै, तराई–मधेश अभियान चलाउने विषयमा छलफल गरी कार्यविभाजन टुंगो लगाउने बुझिएको छ ।

बैठकमा चार महिने माओवादीले रूपान्तरण अभियानमा सक्रिय तीन नेतालाई सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाई सजायको निर्णय गर्ने तयारी रहेको छ ।