खेलकुद

विश्वकप लिग–२ : नेदरल्याण्ड्सविरुद्ध नेपाल ब्याटिङमा

By खबरहब

February 25, 2024

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम (चौथो) खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेदरल्याण्ड्सले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

जारी सिरिजमा एकमा जित र दुईमा हार बेहोरेको नेपाल दोस्रो स्थानमा छ । नेपालले एक खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो भने दुई खेलमा नामिबियासँग पराजित भएको थियो । नेदरल्याण्ड्सले एक खेलमा नामबियालाई जित्दा अरु खेलमा भने पराजित भएको थियो । नेदरल्याण्ड्स तेस्रो स्थानमा छ ।

नेदरल्याण्ड्स नेपालविरुद्ध जित निकाल्दै पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज अन्त्य गर्ने लक्ष्यमा हुँदा नेपाल भने नेदरल्याण्ड्सविरुद्ध लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

नामिबियाले आफ्नो चार खेल खेलिसकेको छ । चारमध्ये तीन खेल जितेको नामिबिया ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । नामिबियाले यसअघि नेपालसँगका दुवै खेल जितेको थियो भने नामिबियासँग एकमा हार र एकमा जित निकालेकाे थियो ।