समाचार

प्रधानमन्त्रीज्यू तपाईँले भन्ने गरेको जनवाद मिटरब्याज पीडितलाई चाहिएको छ  : सुमना श्रेष्ठ 

By खबरहब

February 25, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितहरूको माग सम्बोधनका लागि दीर्घकालीन योजना बनाउन माग गरेकी छन् ।

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले भनिन्, ‘प्रधानमन्त्री ज्यू तपाईँले भन्ने गरेको जनवाद यो वर्गको लागि चाहिएको छ । तपाईँले निर्णायक काम गर्नुपर्‍यो । यो तत्काल गर्नुस् र मिडियम समयमा समाजशास्त्रीहरुलाई खटाउनुस् र पत्ता लगाउनुस् किन लिन्छन् आम मानिसले चर्को ब्याजमा ऋण लिएका छन् ।’