समाचार

यो व्यवस्थाको विरुद्ध हुने बहस अन्त्य गरौँ : माधव सापकोटा 

By खबरहब

February 25, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वर्तमान संविधान र व्यवस्थाको विकल्प अरू नभएको बताएका छन् ।

आइतबार संसद्मा बोल्दै उनले वर्तमान व्यवस्थाको विरुद्ध संसद्मा बेला–बेला हमला हुने भएकाले यसको अन्त्य गर्न सभामुखलाई ध्यानाकर्षण गराए ।

उनले भने, ‘बेलाबेला यही व्यवस्था टेकेर आएका सांसदहरूले यो व्यवस्थाको विरुद्ध बोलिरहेका छन् । यसको अन्त्य हुनुपर्छ । वर्तमान व्यवस्था र संविधानको विकल्प किमार्थ छैन’