समाचार

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको जिम्मा विदेशी कम्पनीलाई दिनु हुँदैन : सांसद आचार्य

By खबरहब

February 25, 2024

काठमाडौं– नेकपा एमालेका सांसद भीम आचार्यले अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको जिम्मा विदेशी निजी कम्पनीलाई दिने कुरामा आपत्ति जनाएका छन् ।

आइतबार संसद्मा बोल्दै आचार्यले सरकारले अन्तर्राष्ट्रिय विमानस्थल देशको अन्तर्राष्ट्रिय हवाई सीमा भएको बताउँदै त्यसमा विदेशी निजी कम्पनीलाई सुरक्षाको जिम्मा दिने कुरामा आचार्यले आपत्ति जनाएका हुन् ।

उनले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा पनि यस्तै काम हुन लागेको भन्दै जनदबाबले हटेको समेत संसद्मा ध्यानाकर्षण गराए ।

नेपालका हवाई माफियाले प्रपञ्च गरेको बताउँदै यसलाई रोक्नको लागि सरकारको ध्यानाकर्षण गराए ।